हर्क साङपाङको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता
  • प्रमुख खबर

कार्तिक १६, काठमाडौं

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङद्वारा स्थापना गरिएको ‘श्रम संस्कृति पार्टी’ लाई आधिकारिक मान्यता प्रदान गरेको छ ।

आयोगमा आयोजित कार्यक्रममा आयोगका अधिकारीबाट साङपाङलाई पार्टी दर्ताको मान्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । पार्टीको मान्यता प्रमाणपत्र ग्रहण गर्न साङपाङ स्वयं आयोगको कार्यालयमा उपस्थित भएका थिए ।

साङपाङले पार्टी दर्ता भएपछि जनताको पक्षमा काम गर्ने नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् । उनका अनुसार ‘श्रम संस्कृति पार्टी’ले श्रमिक, किसान र आम नागरिकको हकहितका मुद्दा उठाउनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्