कार्तिक १७, काठमाडौं ।।
देशभर मौसममा केही सुधार देखिए पनि पश्चिमी वायूको प्रभाव अझै जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार (आज)कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
आजको तुलनामा भोलि देशका धेरै भागमा मौसम बदली हुने र केही स्थानमा वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ।
विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाले यी क्षेत्रका बासिन्दा, कृषक तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।












