कार्तिक १८, रुपन्देही
रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते भएका छन् ।
गोली चलाउने समूहको पहिचान अहिलेसम्म हुन सकेको छैन । उनीहरू फरार रहेका र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद तीव्र बनेपछि सो समूह होटलको गेटसम्म पुगेका थिए । त्यसैक्रममा एक समूहले गोली चलाएको बताइएको छ ।
गोली चलाउने समूहका तीन जना फरार रहेको र उनीहरूको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए । फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।












