अनमोल सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
  • सन्तोष पराजुली

कार्तिक १८, पोखरा

पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापनाको दिवसको अवसरमा सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको संस्थाका सचिव एकनारायण भण्डारीले वताए ।


सो अवसरमा पहिलो रक्तदाता शिबराज पौडेललाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाका सभापति हरि श्रेष्ठले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको समन्वयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाका सभापति हरि श्रेष्ठ, अनमोल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, संस्थाका सचिव एक नारायण भण्डारी लगायतले वोलेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्