कार्तिक १९, पोखरा ।।
कास्की प्रहरीले पछिल्लो समय बढ्दै गएको मोटरसाइकल तथा स्कुटर चोरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा–३३ का २१ वर्षीय शेरबहादुर पुन मगर, वडा नं.५ का २५ वर्षीय अजय नेपाली, वडा नं.१० का २१ वर्षीय सुशिल गुरुङ, वडा–११ का २० वर्षीय सुदिप परियार र वडा–१३ काँहुखोलाका २७ वर्षीय रोशन परियार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विभिन्न मिति र स्थानबाट चोरी भएका दुई मोटरसाइकल र एक स्कुटर फेला पार्दै सो घटनामा संलग्न उनीहरूलाई पक्राउ गरिएको हो।
ईलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएका प्रहरी टोलीहरूले ग ९ प ८७६१, ग १५ प ५२३७ र ग ४ प ७६८४ नम्बरका चोरी भएका स्कुटरहरू बरामद गर्न सफल भएको हो ।
कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।












