कार्तिक २०, काठमाडौं ।।
पोखरा र काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज सफा देखिएको छ। बिहानैदेखि पोखरा, काठमाडौं र आसपासका क्षेत्रहरूमा घाम लागेपछि मौसम सफा देखिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार(आज) देशका अधिकांश भागमा घाम लाग्ने सम्भावना छ। अबका केही दिनमा देशभर वर्षाको खास सम्भावना नरहेको महाशाखाले जनाएको छ।
यद्यपि, केही पहाडी क्षेत्रहरूमा भने हल्का बदलीसँगै छिटपुट वर्षा हुने सम्भावना रहेको छ। समग्रमा हेर्दा देशभर केही दिन मौसम स्थिर र घमाइलो रहने अनुमान गरिएको छ।
केहीसमय मौसममा आएको बदलिका कारण देशका विभिन्न स्थानमा किसानहरूले धान काट्न पाएको थिएन । तर आज तुलात्नमक रूपमा मौसममा देखिएको परिवर्तनका कारण किसानहरू धान काट्न व्यस्थ भएका छन् ।












