पोखरामा प्रहरी कार्यालयभित्रैबाट मोटरसाइकल चोरी गर्ने युवक समातिए
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २०, पोखरा ।।

कास्की प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा–१७ दोविल्ला बस्ने २४ वर्षीय सुवास तामाङ रहेका छन्।

तामाङले भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा राखिएका सवारीसाधनमध्ये एउटा मोटरसाइकल चोरी गरेका थिए ।

सोही चोरीको माेटरसाइकल तामाङले चलाइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई उक्त चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार चोरी गरिएको मोटरसाइकलको नं.ग १६ प १४५५ नम्बरको कालो रंगको X PLUS 200 हो ।

सो मोटरसाइकलको इन्जिन नम्बर MC20AEKGK00393 र चेसिस नम्बर MBLLDU0L0KCK00274 रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अघि बढाइएको कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्