आज देशभर मौसम सामान्य, तर कोशी र गण्डकीका हिमाली भागमा हल्का वर्षाको सम्भावना
  • प्रमुख खबर

कार्तिक २३, काठमाडौं ।।
देशका अधिकांश भागमा आइतबार(आज) मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। यद्यपि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा बदलीको अवस्था देखिएको छ।

दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटफुट वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने यी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्