कार्तिक २५, काठमाडौं ।।
देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदलीको अवस्था देखिएको छ। बाँकी भू-भागमा आकाश खुला र मौसम सामान्यतया सफा रहने छ।
मंगलबार(आज)दिउँसो पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य प्रदेशहरूमा भने घाम लाग्ने र मौसम सामान्य रहनेछ।
त्यस्तै आज राति गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदै बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।












