विजयपुरमा दैनिक ४ घण्टा यातायात बन्द स्थगित
  • प्रमुख खबर

मंसिर ०२, पोखरा ।।

पोखराको विजयपुर क्षेत्रमा भोलि मंसिर ३ गतेदेखि लागू गर्ने भनिएको दैनिक ४ घण्टा यातायात बन्द स्थगित भएको छ। सम्बन्धित निकायले जारी गरेको पछिल्लो सूचनाअनुसार अर्को सूचना नभएसम्म यातायात बन्द नहुने भएको हो।

यसअघि क्षेत्रीय व्यवस्थापन तथा निर्माणसम्बन्धी कामलाई सहज बनाउन यातायात नियंत्रित गर्ने योजना बनाइएको थियो। तर स्थानीय आवश्यकता र समन्वयका कारण सो निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ।

नयाँ सूचना सार्वजनिक नभएसम्म विजयपुर क्षेत्रमा यातायात पहिलेजस्तै नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्