युवालाई लागुऔषधबाट टाढा राख्न प्रहरीको अभियान, एक जना नियन्त्रणमा
  • प्रमुख खबर

Oplus_131072

मंसिर १०, पोखरा ।।
कास्की प्रहरीले लागू औषध कारोबारविरुद्ध सञ्चालन गर्दै आएको विशेष अभियान अन्तर्गत ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–१ बगर निवासी २८ वर्षीय मनोज श्रेष्ठ रहेको छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार मंसिर ८ गते साँझ करिब ५ बजे पोखरा–२६, कालिकाचोक क्षेत्रमा लागू औषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले ती युवकलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीले ती युवकले चलाएको ग २५ प १९२१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटभित्र प्लास्टिकमा लुकाइछिपाइ राखिएको १.३ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय जिल्लामा लागू औषधको कारोबार बढ्दै गएको भन्दै प्रहरीले नियन्त्रण र निगरानी झनै कडा बनाइएको स्पष्ट पारेको छ।

कास्कीबाट लागुऔषधलाई निर्मूल नपारेसम्म प्रहरी प्रशासनले लागुऔषधविरुद्धको अभियानलाई निरन्तर र प्रभावकारी रूपमा अघि बढाइने समेत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्