लागू औषध कारोबारमा संलग्न दुई युवा प्रहरी नियन्त्रणमा
  • प्रमुख खबर

मंसिर १४, पोखरा ।।
कास्की प्रहरीले लागू औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा विरुवा गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ बस्दै आएका १८ वर्षीय दिपेश गुरुङ र २६ वर्षीय सुनिल पौडेल रहेका छन्।

प्रहरीका अनुसार मंसिर १२ गते राति करिब १० बजेर १५ मिनेटको समयमा उनीहरू सवार ग १६ प १८४१ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पोखरा–२१ स्थित कृष्ति मनकामना मन्दिर क्षेत्रबाट पक्राउ गर्न सफल भएका हुन् ।

पक्राउ परेका ती युवकहरूको साथ बाट डायजापाम २० एम्पुल, फेनेरागन २५ एम्पुल र ब्रुफिनोर्फिन २५ एम्पुल गरी ७० एम्पुल लागूऔषध र २ थान मोबाइल फोन समेत बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्