मंसिर २७, काठमाडौं ।।
देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको कारण शनिबार(आज) धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भागमा मौसम साफ रहने अनुमान छ । राति भने धेरै ठाउँमा आंशिक बदली देखिन सक्ने सम्भावना रहेको महाशाखाले बताएको छ।
यस्तै आज बिहान पोखराको न्यूनतम तापक्रम लगभग ८ दशमलव १ डिग्री सेल्सियस आसपास मापन गरिएको छ । यो तापक्रम काठमाडौंको तुलनामा केही उच्च भएपनि चिसो भने यथास्थितिमा छ ।
काठमाडौंको तापक्रम आज बिहान तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। जसले काठमाडौं उपत्यकामा चिसो अपेक्षाकृत रूपमा बढी रहेको महाशाखाले उल्लेख गरेको छ।
पोखरामा पनि आज दिनभर मौसम मुख्यत साफ र घाम लाग्ने छ। तर बिहान र राति चिसो रहेकोले बाहिर निस्कँदा तातो कपडा लगाउन मौसमविद्हरुले सुझाव दिएका छन्।












