क्षेत्री महिला समाज पोखरा १६ को अधिबेशन सम्पन्न अध्यक्षमा नारायणी थापा बस्नेत
  • संजय थापा

पौष ०८, पोखरा ।।
क्षत्री समाज नेपाल पोखरा -१६ को महिला कार्य समितिको  १३ औं साधारणसभा तथा ५ औ अधिबेशन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर कार्य समितिका अध्यक्ष कृष्ण बहादुर थापा रहेका थिए । कार्यक्रममा क्षत्री सामाज पोखरा १६ का उपाध्यक्ष गोबिन्द बहादुर थापा (राजेन्द्र) ले शुभकामना ब्यक्त गरेका थिए ।

अधिबेशनले नारायणी थापा बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सहित कार्यसमिति सर्व सम्मत छनोट गरेको छ । त्यसै गरी समितिको उपाध्यक्षमा शिबसोभा खड्‌का बस्नेत सचिव सपना गोदार कार्की कोषाध्यक्ष कुमारी के.सी. रहेका छन्  भने सदस्यहरुमा बिष्णु बस्नेत, सुस्मिता बानियाँ, सिता खड्का, कमला थापा, रन्जिता बस्नेत रहेका छन् ।

निर्वाचित सम्पूर्ण कार्य समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै क्षेत्री समाज पोखरा १६ ले प्रमाणपत्र प्रदान गरेको क्षत्री सामाज पोखरा १६ का अध्यक्ष रामशरण बानियाँले जानकारी दिए ।

समाजले आयोजना गरेको रमाइलो बनभोज कार्यक्रममा रमाइला खेलहरु भएका थिए । महिला कुर्ची खेलमा प्रथम नारायणी कुँवर थापा, पुरुष तर्फ प्रथम स्वप्निल खड्‌का बिजयी भएका थिए । उनिहरुलाई वडा समाजका अध्यक्ष रामशरण बानियाँ र सचिव मनु बस्नेतले नगद पुरस्कार प्रदान गरेका थिए ।

क्षत्री समाज नेपाल पोखरा १६ वडा कार्य समितिका अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समितिका सचिव मनु बस्नेतले गरेकी थिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्