देशभर पश्चिमी वायु सक्रिय, तराईमा अझै कुहिरो
  • प्रमुख खबर

पौष १५, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको अझै आंशिक प्रभाव रहेको छ। सोही कारण हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । मंगलबार(आज) दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विषेशगरी केही दिन यता तराई क्षेत्रमा लागेको हुस्सु तथा कुहिरोको प्रभावले बिहान र साँझको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको हुँदा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्