माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत आजदेखि
  • प्रमुख खबर

Oplus_131072

पौष १९, पोखरा ।।
एकमहिने स्वस्थानी व्रत र माघ स्नान शनिबार(आज) देखि शुरू भएको छ।

आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालुहरूले स्वस्थानी व्रत बस्ने र कथा श्रवण–वाचन गर्ने परम्परा रहिआएको छ।

स्कन्द पुराणको केदार खण्ड अन्तर्गत पर्ने माघ माहात्म्यमा आधारित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी व्रत कथाको रूपमा सुन्ने–सुनाउने चलन छ।
यस अवधिमा विभिन्न शक्तिपीठमा पूजा–आराधना गरिन्छ।

यस व्रतमा विषेशगरी भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलनको शुरुवात भएको विश्वास रहेको छ ।

त्यस्तै यस समयमा महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास छ ।

व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार व्रतालुहरूले एक महिनासम्म निराहार वा सात्त्विक आहारसहित व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षता लगायत सामग्री चढाएर भगवती स्वस्थानीलाई अर्घ्य दिने गर्छन्। यसरी अर्घ्य दिएपछि व्रतको संकल्प पूरा भएको मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्