पौष २०, पोखरा ।।
देशभर पश्चिमी वायुको प्रभावका कारण पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आइतबार(आज) पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
यता कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराई क्षेत्रका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
पौष लागेलगत्तै तराई क्षेत्रका अधिकांश भागमा लागेको हुस्सुका कारण त्यहाँको दैनिक जनजीवन प्रभावित बनेको छ भने यातायातको क्षेत्रमा समेत यसले समस्या पैदा गरेको छ।












