तराईमा कुहिरो, हिमाल- पहाडमा आंशिक बदली र अन्यत्र मौसम सफा
  • प्रमुख खबर

पौष २४, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमानका अनुसार तराई/मधेशमा बुधबार(आज) पनि हुस्सु र कुहिरो लागेको छ । यस क्षेत्रको सबैजसो ठाउँमा लागेको हुस्सु र कुहिरो दिउँसो पनि कायमै रहने महाशाखाले जनाएको छ ।

विषेशगरी हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यससँगै तराईमा पौष महिना लागे लगत्तै लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनेको छ। चिसोका कारण ज्यालामजदुर गर्ने र विपन्न वर्गका मानिसहरू बढी प्रभावित बनेका छन् ।

पछिल्लो समय देशभर पश्चिमी वायुको आंशिक प्रभाव परेको कारण नै मौसममा परिवर्तन भएको महाशाखाले जनाएको छ।

जसकारण तराईमा बाक्लो हुस्सु लागेको छ भने यता उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज मौसमम आंशिक बदली छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्