पौष २५, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार(आज)कोशी प्रदेश र मधेस प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने तराई क्षेत्रका अधिकांश स्थानहरूमा आजपनि हुस्सु र कुहिरो रहनेछ ।
यस्तै राति तराई पनि त्यस क्षेत्रमा हुस्सु रहनेछ । विषेशगरी तराईको भू-भागमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर भनेको छ भने पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।












