देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु–कुहिरो कायम
  • प्रमुख खबर

देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु–कुहिरो कायम

पौष २७, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार(आज) पनि देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

पश्चिमी वायुको कारण हाल देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै महाशाखाका अनुसार आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । तर देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

विषेशगरी तराई क्षेत्रमा लामो समयदेखि लागेको हुस्सु तथा कुहिरोको प्रभावले त्यहाँको दैनिक जनजीवन कष्टकर बनेको छ भने पर्यटन, स्वास्थ्य साथै हवाई र सडक यातायातमा समेत प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्