पश्चिमी वायु सक्रिय: पहाडमा बादल, तराईमा हुस्सु
  • प्रमुख खबर

पौष ३०, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार यस वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।

बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। यस्तै बुधबार(आज)तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो पनि तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।

त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति पनि तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

विषेशगरी देशका तराई क्षेत्रमा बिहान र बेलुकी लाग्ने हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरुलाई चिसोबाट हुने जोखिम काम गर्न विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्