क्यानडाले दियो नेपाललाई १६२ रनको चुनौती, अब ब्याटिङ गर्ने पालो नेपालको
  • प्रमुख खबर

माघ २२, काठमाडौं ।।
आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडाले नेपाललाई १ सय ६२ रनको लक्ष्य दिएको छ।

बिहीबार(आज)भएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको हो।

क्यानडाका लागि नवनीत धालिवालले ४१ रन बनाउँदै आजको खेलमा उत्कृष्ट देखिए । त्यसैगरी श्रेयस मोभ्वाले ३८ कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन थपेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

क्यानडाको ब्याटिंगले खेलको सुरुवातदेखि मध्यक्रमसम्म ब्यालेन्स राख्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो।यता नेपालका बलरहरू पनि प्रभावशाली देखिए।

लिगमा स्टार मानिने सन्दीप लामिछानेले २ विकेट लिए भने कुशल भुर्तेलले पनि समान २ विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिएर क्यानडाको ब्याटिंगलाई थिच्ने प्रयास गरे।

यो खेलले नेपालका बलरहरूका लागि आगामी मुख्य खेलहरूमा रणनीति बनाउन राम्रो अभ्यासको अवसर दिएको छ। अब नेपालले १ सय ६२ रनको लक्ष्य पूरा गर्न मैदानमा आफ्नो आक्रमण देखाउने तयारी गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्