देशभर उल्लेखनीय मौसम प्रणाली नभएपनि तराईमा हुस्सु–तुवाँलोको प्रभाव
  • प्रमुख खबर

माघ २३, काठमाडौं ।।
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार(आज)तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै आज दिउँसो तराई भू–भागका धेरै स्थानमा भने हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यस्तै आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्