जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
  • प्रमुख खबर

माघ २८, पोखरा ।।

२५औं आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउदै जावलाखेल क्वाटरफाइनलमा प्रबेश गरेका छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा जारी प्रतियोगितामा जावलाखेलले २–० ले जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि जावलाखेलले दोस्रो हाफमा २ गोल गरेको हो । खेलको ५४ औं मिनेटमा जावलाखेलका निकोलस ओडाने हामिल्टोनले गोल गर्दै अग्रता दिलाए । उनले बोउबाकर सिसोक्सोलाई दिएको पासमा ओडानेले नै गोल गरे ।

त्यसै गरी ६६ औं मिनेटमा बोउबाकर सिसोक्सोले अग्रता दोब्बर पारे । खेलमा म्यान अफदी म्याच निकोलस बन्न सफल भए । बिहीबार नेपाल एपिएफ क्लब र मनाङ मस्याङ क्लब बीच खेल हुनेछ । प्रतियोगिताको विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्