पोखराको फेवातालमा म्यागजिनसहितकाे एसएलआर राईफल भेटियाे
  • प्रमुख खबर

फागुन ०१, पोखरा ।।

पाेखराकाे फेवातालमा फेवातालमा माछा मार्ने क्रममा एक थान एसएलआर राईफल र त्यसमा लोड भएको १८ राउण्ड गोलीसहितको म्यागजिन फेला परेको छ ।

बिहीबार साँझ स्थानीय ४२ वर्षीय कुमार जलारीले तालमा माछा मार्नका लागि तालमा जाल हान्ने क्रममा उक्त हतियार फेला पारेका हुन् ।

सोही क्रममा जालमा केही भारी वस्तु अड्किएपछि तान्दा हतियार निस्किएको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियारमा मु वा १११ (बट) नम्बर र बडी नं. १३८१० उल्लेख गरिएको छ । जालमा हतियारसँगै सोही हतियारमा लोड हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन पनि फेला परेको छ ।

तालमा हतियार फेला परेको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले जालमा अड्किएर आएको अवस्थामा हतियार र म्यागजिन बरामद गरी थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्