फागुन ३, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण आइतबार(आज) देशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै दिउँसोसम्म तराई भागका केही ठाउँमा कुहिरो कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।












