फागुन ४, पोखरा ।।
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा समेत लापरबाहीको डरलाग्दो चित्र सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन (मा.प.से.) गरी स्कुल बस चलाउने ५ जना चालकलाई नियन्त्रणमा लिएको छ।
कास्की जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका स्कुल बस चालकहरूले मदिरा सेवन गरेरै सवारी चलाउने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार(आज)बिहान विशेष चेकिङ अभियान सञ्चालन गरेको थियो।
ट्राफिक प्रहरीसहित खटिएको टोलीले बिहान करिब ९:३० बजे गरेको चेक जाँचका क्रममा पाँच जना चालकमा मा.प.से. पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा परेकाहरू पोखरा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न प्रतिष्ठित विद्यालयका बस चालक रहेको प्रहरीले जनाएको छ। उनीहरूले दैनिक रूपमा सयौं विद्यार्थी ओसारपसार गर्दै आइरहेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका ती बस चालकहरु माउन्ट हेभन बोर्डिङ स्कुल, कुमुदिनी होम्स बोर्डिङ स्कुल, बिन्देश्वरी बोर्डिङ स्कुल, अन्जली बोर्डिङ स्कुल र एस.ओ.एस बोर्डिङ स्कुलका रहेका छन् ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउनु केवल ट्राफिक नियम उल्लंघन मात्र नभई विद्यार्थीको ज्यानसँग प्रत्यक्ष खेलबाड गर्ने गम्भीर अपराध हो।
नियन्त्रणमा लिइएका चालकहरूविरुद्ध सवारी तथा ट्राफिक ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
कास्की प्रहरीले विद्यालय क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कुनैपनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पार्दै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा बनाइने जनाएको छ।
विद्यार्थी सुरक्षाको प्रत्यक्ष जिम्मेवारी बोकेका चालक नै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको तथ्य खुलेपछि अभिभावक तथा विद्यालय समुदायमा गम्भीर चिन्ता उत्पन्न भएको छ।
विद्यालय बस जस्तो संवेदनशील सेवामा देखिएको यस्तो लापरबाहीले नियमन, निगरानी र उत्तरदायित्वमाथि थप कडाइ आवश्यक रहेको पनि देखाएको छ ।
फागुन ४, पोखरा ।।
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा समेत लापरबाहीको डरलाग्दो चित्र सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन (मा.प.से.) गरी स्कुल बस चलाउने ५ जना चालकलाई नियन्त्रणमा लिएको छ।
कास्की जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका स्कुल बस चालकहरूले मदिरा सेवन गरेरै सवारी चलाउने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार(आज)बिहान विशेष चेकिङ अभियान सञ्चालन गरेको थियो।
ट्राफिक प्रहरीसहित खटिएको टोलीले बिहान करिब ९:३० बजे गरेको चेक जाँचका क्रममा पाँच जना चालकमा मा.प.से. पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा परेकाहरू पोखरा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न प्रतिष्ठित विद्यालयका बस चालक रहेको प्रहरीले जनाएको छ। उनीहरूले दैनिक रूपमा सयौं विद्यार्थी ओसारपसार गर्दै आइरहेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका ती बस चालकहरु माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बस चालक पोखरा -१५ बस्ने वर्ष ३३ का आन्नद परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक पोखरा – ५ प्रस्याङ बस्ने वर्ष ३७ का गौतम गुरुङ रहेका छन् ।
यस्तै बिन्देश्वरी स्कुल बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक पोखरा – १५ बस्ने वर्ष ४४ का भक्त बहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस पोखरा – १६ बाटुलेचौर बस्ने वर्ष ४८ का डम्बर बहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं को बस चालक पोखरा – १० रामबजार बस्ने वर्ष ४७ का पदम बि.क. रहेका छन्।