कोशी र गण्डकीका पहाडी भागमा चट्याङसहित हल्का वर्षा हुने संकेत
  • प्रमुख खबर

फागुन १७, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका आइतबार(आज) हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको महाशाखाले जनाएको छ ।

यस्तै तराईका केही ठाउँमा भने तुँवालो लागेको छ । विषेशगरी पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको हो ।

त्यस्तै आज दिउँसो तराई भागका केही ठाउँमा हुस्सु कायमै रहने छ भने हिमाली भागमा साधरणतया बादल लाग्नेछ ।

देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्