प्रारम्भिक मतगणनामा रास्वपा ४५ स्थानमा अग्रता
  • प्रमुख खबर

फागुन २२, काठमाडौं ।।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाको प्रदान अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। हालसम्म प्राप्त विवरणअनुसार रास्वपाले ४५ स्थानमा अग्रता लिएको छ।

यस्तै नेपाली कांग्रेस ४ स्थानमा, नेकपा (एमाले) ५ स्थानमा, नेकपा (माओवादी केन्द्र) ३ स्थानमा र राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा अग्रता लिएको देखिएको छ।

हालसम्म कुनै पनि दलले जित सुनिश्चित गरेको छैन भने समानुपातिकतर्फको मत गणना सुरु नभएकाले सबै दलको मत शून्य देखिएको छ। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्