बझाङमा ४:३० बजेबाट मतगणना सुरु हुने
  • प्रमुख खबर

फागुन २२, बझाङ ।।
बझाङमा मतगणना शुक्रबार(आज) अपराह्न ४:३० बजेदेखि सुरु हुने भएको छ। मतगणना जयपृथ्वी नगरपालिकाबाट सुरु गरिने तयारी गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि जिल्ला अदालत परिसरभित्र दुई स्थानमा व्यवस्था गरिएको छ। त्यहाँ ६ वटा सिटमा मतगणना हुने व्यवस्था मिलाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका सूचना अधिकारी प्रकाश सिंहले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मिलाएर निर्धारित समयमै मतगणना सुरु गरिनेछ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनास्थलमा दलका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा मतगणना प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्