फागुन २३, चितवन ।।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक विजयी भएका छन् ।
लामिछानेले ५४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत ल्याएका थिए ।
लामिछानेले यसअघि २०७० र २०८० को उपचुनावमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।












