फागुन २३, पोखरा ।।
प्रतिनिधिसभा सदस्य चुनावमा गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी भएका छन् ।
निर्वाचन आयाेगका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत गरे । ढकाल १४ हजार ४६१ को मतान्तरमा विजयी भएका हुन् ।
यस्तै तेस्रोमा रहेका नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरे ।












