समानुपातिक सांसदको सूची बुझाउन रास्वपाको बैठक आज बस्दै
  • प्रमुख खबर

चैत्र १, काठमाडौं ।।
शनिबार बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आइतबार(आज) बस्ने भएको छ । सभापति रवि लामिछाने अस्वस्थ भएपछि हिजो बस्ने भनिएको बैठक आजको लागि सारिएको रास्वपाको सचिवालयले जनाएको छ ।

बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस र बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने स्रोतले बताएको छ।

मत परिणाम अनुसार समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १ सय ८२ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाबाट सो संख्यामा नै सांसद रहने भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची आजसम्म बुझाउन अन्तिम समय दिएसँगै पार्टीको बैठक अहिले बस्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्