चैत्र १, काठमाडौं ।।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार(आज) बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकको मुख्य एजेण्डा समानुपातिकतर्फ प्राप्त सिटका लागि प्रतिनिधिसभा सदस्य छनोट गर्ने विषयमा रहेको उनले बताए ।
पार्टीले तयार गरेको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये सिट संख्याको आधारमा सांसद छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा गहन छलफल हुने बताइएको छ।
हालै सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको नाम बुझाउन आज सम्मको समय दिएको छ।










