पोखरामा बुधबार बिहान विद्युत् आपूर्ति अवरुद्ध हुने
  • प्रमुख खबर

चैत १०, काठमाडौं ।।

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले बुधबार बिहान पोखराका दुई फिडर एक घण्टा बन्द हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजे देखि १० बजेसम्म ११ केभी  सराङकोट  र बैदाम फिडर सटडाउन गरिने हुँदा ती क्षेत्रमा एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने छ।

पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सबस्टेशनभित्र रहेका ११ केभी फिडरहरूको प्यानलमा जडित प्रोटेक्सन रिले परीक्षण तथा प्यानल ओभरहोलिङ कार्य गर्न लागिएको हो । साथै, पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (अन्डरग्राउण्ड) अन्तर्गत पोल इरेक्शन कार्यसमेत सोही समयमा गरिने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले यसबाट पर्न सक्ने असुविधाप्रति ग्राहकसँग क्षमायाचना गर्दै काम चाडै सम्पन्न भएमा निर्धारित समयभन्दा अगाडि नै विद्युत सेवा सुचारु गरिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्