पार्टी अध्यक्ष ओली पक्राउ परेसँगै एमालेको आकस्मिक सचिवालय बैठक
  • प्रमुख खबर

Oplus_131072

चैत्र १४, काठमाडौं ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेसँगै
एमालेको आकस्मिक सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो ।

विषेशगरी भदौ २३ को जेनजी आन्दोलनको घटनालाई लिएर गौरीबहादुर कार्की आयोगद्वारा तयार गरिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारलाई गरेको सिफारिसका आधारमा ओली शनिबार(आज) बिहान पक्राउ परेका थिए।

यस विषयलाई लिएर एमालेका अधिकांश नेताहरूले ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । तर अहिले बसिरहेको पार्टीको सचिवालय बैठकले ओलिको पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्ने स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्