पोखराका पू्र्व मेयर एमाले कास्कीका ईन्चाज स्व. कृष्ण थापाको जन्मउत्सवमा वृक्षारोपण
  • प्रमुख खबर

चैत्र १६, पोखरा ।।
नेकपा एमालेका नेता स्वर्गीय कृष्ण थापाको स्मृतिमा पोखरामा प्रतिष्ठान गठन हुने भएको छ ।

नेता थापाको ६७ औं जन्मजयन्तिको अवसरमा आज पोखरा १६, खोलाखेतमा आयोजित वृक्षारोपण कार्यक्रमका अवसरमा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले स्वर्गीय थापाले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानलाई चीर स्थायी बनाउन स्व.कृष्ण थापा स्मृति प्रतिष्ठान गठन गरिने घोषणा गरे ।प्रतिष्ठान गठनका लागी आवश्यक तयारी शुरु गरिएको र दुई चार महिनाभित्रै विधिवत् रुपमा यसलाई पुर्णता दिईने उनले जानकारी दिए । उनले पार्टी कार्यालयमा रहेको माथिल्लो हललाई कृष्ण थापा स्मृति हल बनाईएको पनि बताए ।

कार्यक्रममा एमाले नेता जगत विश्वकर्माले कम्युनिष्ट आन्दोलनको धरोहर थापाको अभाव पार्टीमा सदैव रहने बताए । उनले स्वर्गीय नेता थापाको योजना र रणनितीलाई अब अन्य नेता कार्यकर्ताले अनुसरण गर्दै, पार्टीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । थापाको ६७ औं जन्मजयन्तिका अवसरमा त्यहाँ रहेको मदन आश्रित स्मृति पार्कमा बिभिन्न प्रजातीका ६७ वटा बिरुवा रोपिएको छ । वडा कमिटी पोखरा १६ को व्यवस्थापनमा भएको कार्यक्रममा सहभागि नेता कार्यकर्ताले स्व. थापाको स्मरण गर्दै बिरुवा सारेको उनका भाई मोहोन थापाले जानकारी गराए ।

वडा कमिटीका अध्यक्ष यमनकाजी गुरुङको अध्यत्रतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव दर्शन लामाले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्