नेकपा एमालेले चैत्र २४ गतेदेखि देशव्यापी रूपमा प्रदर्शन गर्ने
  • प्रमुख खबर

Oplus_131072

चैत्र १७, काठमाडौं ।।
नेकपा एमालेले देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम तय गरेको हो ।

मंगलबार(आज) च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

बैठकको निर्णय अनुसार चैत २४ गते देशभरका सबै जिल्ला कमिटीमा वृहत कार्यकर्ता भेला आयोजना गरी पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।

यस्तै उनका अनुसार बैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने तय भएको छ । त्यस्तै बैशाख १२ गते काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना हुने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्