योगेश भट्टराईद्वारा एमाले संसदीय दलको नेता चयनमा दबाब र चलखेल भएको आरोप
  • प्रमुख खबर

चैत्र १८, काठमाडौं ।।
नेकपा एमालेको संसदीय दलको नेता छान्ने विधिलाई लिएर पार्टी उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएको छ।

संसदीय दलको नेतामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए । तर आन्तरिक चलखेलका कारण उनले प्रस्तावक र समर्थक समेत पाएनन् । अन्त: पार्टीका उपाध्यक्ष रामबहादुर थापा संसदीय दलको नेतामा चयन भएका छन्। यही विषयलाई इंकित गर्दै भट्टराईले यस प्रक्रियाक विरुद्ध आपत्ति जनाएका हुन् ।

उनले पछिल्लो समय सम्पन्न निर्वाचनबाट प्राप्त मत पर्दमका कारण पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा परेका जस्ता विकराल परिस्थितिमा पार्टीलाई व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न अपनाइएको शैलीले सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको बताएका छन् ।

उनले यस विषयमा पार्टीभित्र विस्तृत रूपमा नेतृत्व र माननीय सांसदहरूबीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जुन निर्णय आज गरियो त्यो अत्यन्त दुःखद भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्