पोखरामा १ सय १६ एम्पुल लागूऔषधसहित एक व्यक्ति पक्राउ
  • प्रमुख खबर

Oplus_131072

चैत्र २३, पोखरा ।।
कास्की प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषधसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा -१६, बाटुलेचौर बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन् ।

उनी आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा तेर्सापट्टीबाट पक्राउ परेका हुन् । ठुलो परिमाणमा अवैध लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले डाईजापाम ३८ एम्पुल, फेनेरागन ३७ एम्पुल र ब्रुफिनुर्फिन ४१ एम्पुल गरी जम्मा १ सय १६ एम्पुल लागू औषध बरामद गर्न सफल भएको छ।

पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी कास्कीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार कास्की प्रहरीले पछिल्लो समय लागूऔषध विरुद्धको कारबाहीलाई तीव्र बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्