कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा हुने
  • प्रमुख खबर

Oplus_131072

चैत्र २९, काठमाडौं ।।
वैशाख ४ गते नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन गर्ने भएको छ । यसका लागि वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्ने पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिएका छन् ।

उनका अनुसार एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुने अन्यथा लोकतान्त्रिक विधिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुनेछ । तर दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताए ।

विशेष स्रोतका अनुसार कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायतका सांसदले प्रयास गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्