कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा, संसदीय दलको नेताबारे छलफल हुने
  • प्रमुख खबर

Oplus_131072

चैत्र ३०, काठमाडौं ।।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । विषेशगरी उक्त बैठक वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयनका सन्दर्भमा छलफल गर्न बोलाइएको जानकारी गराइएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बताइएको छ। स्रोतका अनुसार संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकांक्षी छन् । तर कांग्रेसभित्रै पनि कतिपयले नयाँ पुस्ताबाट संसदीय दलको नेता चयन हुनुपर्ने भन्दै निस्कल राईको नाम अघि सारेका छन् ।

बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔं अभियान’ लगायतमा पनि छलफल हुने जानकारी दिइएको छ ।

नयाँ वर्षको पहिलो दिनदेखि कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ । भोलि देखि नेताहरु खटाएर देशभर जरामा जाऔं अभियान सुरु गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्