वैशाख २, पोखरा ।।
गण्डकी प्रदेशका एक जना सांसदले मन्त्री बन्न नपाएपछि पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले बुधबार(आज) पदबाट राजीनामा दिएका हुन् ।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित उनले आजको मितिबाट नै लागू २ हुने गरी राजीनामा दिएको बताएका छन् ।
उनले आफ्नो राजीनामा पत्रमा आफूलाई निर्वाचित गराउन जतिपनि मतदाताहरुले विश्वास मत दिएका छन् उनीहरू प्रति आभार व्यक्त गरेका छन्।
यस्तै जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत राजीनामा पत्रमार्फत मागेका छन्। यससँगै उनले अब आफू कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवामा भने निरन्तर रहने बताए ।
विषेशगरी आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।
गण्डकीमा आज नयाँ मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उनी मन्त्री हुन चाहन्थे । तर मन्त्री बन्न नपाएको झोकमा उनले राजीनामा दिएको बुझिएको छ ।













