प्रतिनिधि सभा निर्वाचनमा हारेका शाहलाई रास्वापले महामन्त्री बनाउँदै
  • प्रमुख खबर

Oplus_131072

वैशाख ७, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । प्रतिनिधि सभा निर्वाचनमा
अछाम–२ बाट उम्मेदवार दिएका उनले पराजय बेहोरेका थिए । त्यही पराजित भएका शाहलाई रास्वपाले महामन्त्री बनाउने भएको हो ।

पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)सँग भएको सहमति अनुसार उनलाई महामन्त्री बनाउन लागिएको एक स्रोतले जनाएको छ ।

यसभन्दा अघि शाह बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनको प्रमुख स्वकीय सचिव थिए । विषेशगरी पार्टीको महामन्त्री पदको लागी बालेन निकट सुनिल लम्साललाई बनाउने तयारी थियो । तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा शाहलाई ल्याउन लागिएको हो ।

रास्वपाको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ । यही बैठकमा एक पद व्यक्तिको नीति अनुसार अन्य पदमा पनि हेरफेर हुनसक्ने स्रोतले बताएको छ। यता पार्टी उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद पनि खाली रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्