वैशाख ७, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)ले आफ्ना मन्त्रीहरू, सांसद र स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ।
सोमबार(आज) बसेको पार्टी केन्द्रीय समितिको सचिवालय बैठकबाट पारित गरिएको निर्णयलाई संशोधन गर्दै बुझाउनुपर्ने लेबी निर्धारण गरेको हो । उक्त निर्णय अनुसार प्रत्येक सांसदले पार्टीका लागि प्रति महिना १५ हजार रुपैयाँ लेबी बुझाउनु पर्नेछ ।
रास्वपाबाट मन्त्री भएका १६ जनालाई घटाउँदा १ सय ६६ सांसदबाट पार्टीको खातामा २ करोड लाख ९८ लाख ८० हजार रुपैयाँ जम्मा हुने भएको छ। यस्तै सांसदलाई भन्दा मन्त्रीलाई ३ हजार रुपैयाँ बढी लेबी कायम गरिएको छ ।
मन्त्रिपरिषद्मा रहेका १६ जना मन्त्रीहरूबाट रास्वपाले प्रतिमहिना १८ हजार लेबी संकलन गर्नेछ । वार्षिक रूपमा मन्त्रीहरुबाट मात्रै पनि पार्टीको खातामा ३४ लाख ५६ हजार रुपैयाँ जम्मा हुने भएको छ ।
त्यस्तै रास्वपाले मन्त्रीका स्वकीयहरूलाई पनि २ हजार लेबी तोकेको छ । यद्यपि उनीहरूले कति जना स्वकीय राख्न पाउने र कति जनाबाट लेबी उठाउने भन्नेबारे पार्टीले प्रष्ट नपरेको स्रोतले जनाएको छ।












