स्थानीय निर्वाचनलाई लक्षित गर्दै रास्वपाले शुरू गर्यो उम्मेदवार छनोटको प्रक्रिया
  • प्रमुख खबर

वैशाख १०, काठमाडौं ।।
स्थानीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोटको प्रक्रिया औपचारिक रूपमा शुरू गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयले बिहीबार(आज)एक पत्र जारी गर्दै देशभरका प्रदेश, जिल्ला, पालिका र वडा तहमा समन्वय गरेर व्यवस्थित रूपमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको छ।

यस्तै रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, सहभागितामूलक र व्यवस्थित बनाउन केन्द्रीय स्तरमा विशेष समिति गठन गरेको समेत जनाएको छ।

उक्त समितिमा पार्टीका सह–महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएकाे छ। समितिले आवश्यक मापदण्ड तयार पार्दै योग्य, सक्षम र जनउत्तरदायी व्यक्तिहरूलाई प्राथमिकता दिने बताइएको छ।

परिपत्रमा उल्लेख गरिएअनुसार वडा तहबाट सुरु हुने सिफारिस प्रक्रिया पालिका, जिल्ला हुँदै प्रदेशमार्फत केन्द्रीय समितिसम्म पठाइनेछ। यसका लागि स्पष्ट समयसीमा तोकिएको छ, जसअनुसार तोकिएको मितिभित्र सबै तहले आफ्नो सिफारिस पेश गर्नुपर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्