सरकारद्वारा सुकुमवासी व्यवस्थापन प्रक्रिया सुरु: पहिले रंगशाला अनि पहिचान र स्थानान्तरण
  • प्रमुख खबर

वैशाख १२, काठमाडौं ।।
सरकारले काठमाडौंमा रहेका सुकुमवासी बस्तीका बासिन्दाहरुलाई दशरथ रंगशाला लग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार उनीहरूलाई सर्वप्रथम त्यहाँबाट हटाई रंगशाला लगिने भएको हो ।

दशरथ रंगशाला लगेर उनीहरुलाई स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी भएको उनले बताए । उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ ।

रंगशाला लगेर वास्तविक सुकुमवासी को हो भन्ने पहिचान भएपछि मात्र वास्तविक सुकुमवासीहरुलाई अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्