कास्कीमा नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने दुई व्यक्ति पक्राउ
  • प्रमुख खबर

वैशाख १२, पोखरा ।।
कास्की प्रहरीले नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने दुई जनालाई नियन्त्रणमा लिएको छ । वैशाख १० गते साँझ करिब ७:३० बजेको समयमा पोखरा–८, सिमलचौर क्षेत्रमा नक्कली हतियारसहित आतंक मच्चाउने ती दुई व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तत्काल खोजी गरी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–८ बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन् ।

उनीहरू बस्दै आएको डेरा खानतलासी गर्दा नक्कली पेस्तोल, पेस्तोल कभर, रडको स्लाइड स्टिक र दुई थान धारिलो हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन्।

अहिले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ। पाण्डेको अनुसार यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न यस्ता गतिविधिमाथि कडाइ गरिने समेत स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया दिनुहोस्