बैशाख २०, चितवन ।।
वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । आइतबार(आज)पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो । बिहान ५:४५ बजे खसेको पहिरोको कारण तुइनखोलाको सडक एकतर्फी रुपमा मात्रै सञ्चालन भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार बिहानैबाट पहिरो पन्छाउने कार्य भएको थियो । जसकारण अहिले सो सडक पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । विषेशगरी भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको उनले जानकारी दिए।











