मौसम: चट्याङ सहित वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना
  • प्रमुख खबर

जेठ १४,काठमाडौँ।।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले अहिले कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि मध्यम बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। यसैबीच कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन (लु) लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका साथै अन्य तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्